Tuesday, January 22, 2019

बिस्कुट, चाउचाउको खोल सडकमा फाल्दै हुनुहुन्छ ? साबधान!!!

सडकमा बिस्कुट, चाउचाउ, चक्लेट, गुट्खा वा चुरोटको खोल लगायतका फोहोर फालेमा कडा कारबाही हुने भएको छ, यदि यस्तो कार्य गरेमा फोहोरमैला व्यवस्थापन ऐन बमोजिमको कसुुर अनुसार ५ हजार देखि ५० हजार रुपैयाँ सम्म जरिवाना हुनेछ ।

यस सम्बन्धमा अनुगमन गर्नको लागि काठमाडौ महानगरपालिकाले अनुगमन टोलि गठन गरि काम थालेको छ ।

अनुगमन टोलीले फोहोर फाल्दै गरेको अवस्थामा भेटेमा तुरुन्त कारबाही अगाडी बढाउने महानगरपालिकाले बताएको छ ।

Sunday, January 20, 2019

ठगी गर्ने जलविद्युत प्रवर्द्धकलाई हुने भयो १० लाख जरिवाना

सरकारले जलविद्युत् आयोजनाको अनुमतिपत्र लिएर समयमा काम नगर्ने र प्रगति प्रतिवेदन नबुझाउने विद्युत् प्रवर्द्धकलाई १० लाखसम्म जरिवाना गर्न प्रस्ताव गरेको छ । यसअघि यस्तो लापरवाही गर्ने प्रवर्द्धकलाई ५ हजारसम्म मात्रै जरिवाना गर्ने गरिन्थ्यो । अब सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधयेकमा यस्ता प्रवर्द्धकलाई १० लाखसम्म जरिवाना गराउन प्रस्ताव गरिएको हो । अब यो ऐन जस्ताको तस्तै संशोधन भए झोलामा लाइसेन्स राखेर अनुचित लाभ लिने र अलपत्र छाड्ने प्रवर्द्धकहरुलाई सजिलो अवस्था रहने छैन ।
यो व्यवस्थाले जलविद्युत क्षत्रेमा रहेको विकृति कम हुने विश्वास गरिएको छ ।

Saturday, January 19, 2019

साइबर अपराधमा कडा कारबाही ।

सरकारले साइबर अपराध गर्नेलाई एक करोड जरिवानदेखि १५ वर्षसम्म जेल सजाय हुने कानुन ल्याउने तयारी पूरा गरेको छ ।
सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले तयार गरेको ‘सूचना प्रविधि ऐन, २०७५’को विधेयकमा देशको राष्ट्रिय सुरक्षा एवं सार्वभौमसत्ता, राष्ट्रिय अर्थतन्त्र वा सार्वजनिक सेवामा गम्भीर असर पार्ने गरी विद्युतीय प्रणालीमा हानी पुर्याए ५० लाखदेखि एक करोडसम्म जरिवाना हुने उल्लेख छ । यस्ता व्यक्ति वा संस्थालाई पाँच वर्षदेखि १५ वर्षसम्म कैद सजाय हुने व्यवस्था पनि राखिएको छ । 

नियम कानुन बनाउन सजिलै सक्ने सरकारले प्रयोगमा पनि सजिलै ल्याउन सकोस शुभ-कामना ।

Friday, January 18, 2019

छोरीलाई दाइजो कि अंश ?

अब छोरीले पनि छोरा सरह अंश पाउने भएका छन् । यहि भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता ऐनले अब छोरीलाई पनि अंशबण्डाको समान हकदार बनाएको हो ।  

संहिताको परिच्छेद १० को अंशवण्डा सम्बन्धी व्यवस्थाको दफा २०५ मा सगोलको सम्पत्ति अंशबण्डा गर्ने प्रयोजनको लागि पति, पत्नी, बाबु, आमा, छोरा, छोरी सबै अंशियार मानिने उल्लेख छ । साथै दफा २०६ ले सबै अंशियारको हक समान रहने छ भनेर स्पष्ट उल्लेख गरेको छ । 

अब यो कानुन बने संगै छोरीलाई दाइजो होइन अंश दिने तर्फ नेपालीको परम्परा बसाउन पर्ने देखिन्छ । अबका दिनमा यो अंश पर्था कत्तिको बस्छ ? के दाइजो प्रथाले ल्याएको बिकृतीलाई यो अंश प्रथाले हटाउदै जान्छ ? या दाइजो प्रथा भन्दा अंश प्रथाले झनै बिकराल अबस्था निम्त्याउछ ? त्यो त  सबै हेर्न बाकी नै छ, अपेक्षा राखौ अंश प्रथा नबसोस र बिकराल अवस्था पनि नआओस ।

Thursday, January 17, 2019

प्रहरीमा महिलाले ९८ दिन सुत्केरी बिदा पाउने

मन्त्रिपरिषद्ले प्रहरी नियमावली २०७१ को छैटौं पटक संशोधन स्वीकृत गरेको छ। संशोधनपछि प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाको बाटो खुलेको छ। नियम २८ मा एसपीबाट एसएसपी बढुवा हुन राजपत्रांकित अधिकृत पदका लागि चार वर्ष एउटै पदमा सेवा गर्नुपर्ने सर्त थियो। नियमावली संसोधन पछि अब तीन वर्ष मात्रै सेवा गरे पुग्नेछ । अहिलेका प्रतिस्पर्धीलाई बढुवा गर्न खोजे पनि नियमावलीले रोकेको थियो। नियमावली संसोधनसँगै अब महिला प्रहरी कर्मचारीले प्रसूति हुनुअघि र पछि गरी ६० दिनबाट ९८ दिन बिदा पाउने भएका छन्। यसअघि नियमावलीको नियम ८३ को उपनियम (१) ले महिला प्रहरीलेल ६० दिन मात्रै प्रसूति बिदा दिएको थियो।

बिस्कुट, चाउचाउको खोल सडकमा फाल्दै हुनुहुन्छ ? साबधान!!!

सडकमा बिस्कुट, चाउचाउ, चक्लेट, गुट्खा वा चुरोटको खोल लगायतका फोहोर फालेमा कडा कारबाही हुने भएको छ, यदि यस्तो कार्य गरेमा फोहोरमैला व्यवस्थाप...