Thursday, January 11, 2018

सार्वजनिक स्थलमा यौन क्रिया

के हो त सार्बजनिक स्थलमा यौन क्रिया कानुनको नजरमा:-

नेपाली समाज, परम्परा तथा मानवीय स्वभावमा मात्र नभएर बिश्वमा नै यौन क्रिया खुलस्त वा सार्वजनिक स्थलमा गरिदैन किनकि यो क्रिया देबताको पाला देखि नै गोप्य रुपमा नै प्रयोग हुँदै आएको पाइन्छ । तर यति हुदाहुदै पनि आजको परिवर्तित समाज र बाढदो बिकृतिको कारण आजभोलि कता कता यौन क्रिया सार्बजनिक स्थल मै देखिने समेत गरेको पाइन्छ । तर नेपालमा भने यस्ता क्रियाहरु बाहिर देखिदैन, नेपाली आफैमा यसलाई लाज र अनैतिक कार्य सम्झेर यस्तो कार्य गरेको पाइन् र यदि गरेता पनि नेपालमा त्यस्तो कार्य गर्नेलाई कानुनले कार्बाहिको समेत भागेदार बन्न पर्ने ब्यबस्था गरेको छ, यदि कुनै ब्याक्तीले सर्बजनिक स्थलमा वा अरु कसैले देख्ने गरि कसै सङ यौन क्रिया वा कुनै अप्राकृतिक मैथुन गरेमा उक्त ब्याक्तीलाई एक बर्ष सम्म कैद वा दस हजार सम्म जरिवाना वा दुबै सजाय हुने मुलुकी अपराध सहिता ऐन २०७४ मा ब्यब्स्था गरिएको छ ।

Monday, January 1, 2018

साबधान ! के तपाईं धर्म परिवर्तन गर्न लगाउदै हुनुहुन्छ ?

धर्म परिवर्तनलाई के भन्छ कानुनले ?

यदि तपाईं अरु कसैलाई उसको मान्दै आएको धर्म परिवर्तन गर्न कर लगाउदै हुनुहुन्छ ? साबधान ! नयाँ बनेको मुलुकी अपराध संहिता ऐन २०७४ ले यदि कसैले कुनै प्रलोभन देखाई वा नदेखाई अरु कसैको धर्म परिवर्तनको लागि प्रचार-प्रसार तथा कर काप लगाएमा उक्त ब्याक्तीलाई पाँच बर्ष सम्म कैद या पचास हजार सम्म जरिवानाको ब्यबस्था गरेको छ ।

बिस्कुट, चाउचाउको खोल सडकमा फाल्दै हुनुहुन्छ ? साबधान!!!

सडकमा बिस्कुट, चाउचाउ, चक्लेट, गुट्खा वा चुरोटको खोल लगायतका फोहोर फालेमा कडा कारबाही हुने भएको छ, यदि यस्तो कार्य गरेमा फोहोरमैला व्यवस्थाप...